add

रेसुंगा विमानस्थलमा तारा एयरले गर्‍यो परीक्षण उडान






ActPro Nepal

|

२५ पुष, २०७९

|
305

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एअरले नै परीक्षण उडान गरेको थियो ।

उक्त वायुयानलाई तारा एअरका वरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जिव श्रेष्ठले उडान भरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेपका (एमाले)उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सवार थिए। उडानबाट आएका सबै मानुभावहरुलाई माला लगाएरस्वागत गरिएको थियो ।

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ । नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ । विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.