add

नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण प्रगति ७३ प्रतिशत पुग्यो,कति मिटर खन्न बाँकी छ ?






ActPro Nepal

|

२५ पुष, २०७९

|
324

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ ।

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार पुस २४ गतेसम्म सुरुङ खन्ने काम ७३.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार २४५ मिटर सुरुङ (मुख्य र स्केप टनेल गरी) मध्ये हालसम्म ३ हजार ८२९ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७८२.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८५१.२० मिटर र धादिङतर्फ ९३१.६० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म २ हजार ४६.२० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ९८.६० मिटर र धादिङतर्फ ९४७.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म ३ हजार ८२९ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार २९.२० मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४७.९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४९.५९ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ४७० मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.