add

कपडा तथा सिलाई व्यवसायी संघको काठमाडौं अध्यक्षमा राज कार्की सर्वसम्मत






ActPro Nepal

|

२५ पुष, २०७९

|
434

काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् ।

शनिबार बागबजारस्थित होटेल हार्दिकमा सम्पन्न संघको २१ औँ साधारण सभाबाट सर्वसम्मत चयन भएका हुन् । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेशका सचिव समेत रहेका छन्

नवनिर्वाचित अध्यक्ष कार्कीले व्यवसायीहरुको हक, हितका लागि सदैव प्रतिवद्ध हुने जनाएका छन् । ‘देशभरका सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्नेछु ।’ कार्कीले भने, ‘व्यवसायीहरुका बिभिन्न समस्या, मुद्दालाई सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि अधिकतम पहल गर्नेछु ।’

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको २१ औँ साधारण सभाबाट अध्यक्षमा कार्की, उपाध्यक्षमा उद्धव थापामगर, सचिवमा बासु पौडेल, सह सचिवमा बिनोद छिनाल, कोषाध्यक्षमा लालु बैजु, सह–कोषाध्यक्षमा रघुनाथ दास निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा भिम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, शुसीला श्रेष्ठ, पार्वती भट्टराई, नबिन नेपाली र आयुश परियार निर्वाचित भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.