add

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण






ActPro Nepal

|

२४ पुष, २०७९

|
507

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता छ ।

कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे । साथै, उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नायब महाप्रबन्धक उमापति पोख्रेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए ।

कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८०० जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ । २०७९ असोज मसान्त सम्ममा कम्पनीकोे लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ छ ।

कम्पनीको सेयरधनी कोषमा ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.