add

व्यवसायीप्रति गरिने सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउन सहयोग गर्छ : ढकाल






ActPro Nepal

|

२४ पुष, २०७९

|
334

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा ७औँ निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे ।

“हाम्रो लामो र अथक प्रयासपनि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेको थियो । तर हाल त्यो पुनः स्थगित छ,” उनले प्रश्न गरे, “जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरै भन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्र्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?”

आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामि चैत्रमा हुने चुनावी साधारणसभातर्फ इन्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरुका विषयहरुको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दि ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.