add

प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन






ActPro Nepal

|

२१ पुष, २०७९

|
343

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले २ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

मेरो माइक्रोफाइनान्सले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य ८५८.०९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ६८९.७२ रुपैयाँ निर्धारण भएको छ ।

यही समायोजित मूल्यका आधारमा आइतबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.