add

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन






ActPro Nepal

|

२१ पुष, २०७९

|
291

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २२ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

प्रिमियरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न माइक्रोफाइनान्सले माघ ६ वार्षिक साधारण सभा बोलाएको छ ।

दुवैै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.