add

सन् २०२३ मा नयाँ उत्पादन ल्याउने भिभोको योजना






ActPro Nepal

|

२० पुष, २०७९

|
632

काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।

सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ ।

भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ ।

भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । 

स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ ।

विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल” सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ ।

भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.