add

दुई केजी चरेशसहित एक भारतीय पक्राउ






ActPro Nepal

|

२० पुष, २०७९

|
439

बारा । सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन्। 

बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। 

बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अमरबहादुर खत्रीले चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.