add

टी–२० लिग क्रिकेट : छानबिन गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन






ActPro Nepal

|

२० पुष, २०७९

|
462

काठमाडौं । गृह मन्त्रालयले जारी टी–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। 

म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले छानबिन गर्न मन्त्रालयले प्रहरीलाई भनेको हो । 

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररूपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

यही पुस ९ गतेदेखि त्रिवि मैदानमा प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.