add

यातायात कार्यालयहरूबाट बिचौलियासहित १५ जना पक्राउ






ActPro Nepal

|

१९ पुष, २०७९

|
616

काठमाडौं । उपत्यकामा रहेका यातायात कार्यालयहरूबाट बिचौलियासहित १५ जना पक्राउ परेका छन्। 

यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलिया र नक्कली परिक्षार्थी दुई गरी १५ जना सोमबार पक्राउ परेका हुन्। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। 

यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.