काठमाडौं । संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
अब सेमिफाइनलमा संकटाले साविक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।