add

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीको सम्भावना






ActPro Nepal

|

१७ पुष, २०७९

|
448

काठमाडौं । लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो । 

आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

आइतबार बिजौरीस्थित महासचिव पोखरेल निवासमा नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए । पोखरेलले यसबारेमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लिला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाललगायतलाई यो विषयमा जानकारी गराएका छन् ।

पार्टीको निर्णय मानेर जाने सबै आकांक्षीले बताइसकेका छन् । एमालेले आइतबारै संसदीय दलको नेता चयन गर्दै छ । गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही- २ को १ बाट निर्वाचित भएका हुन् । एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।

प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.