add

सेञ्चुरी कमर्सियल बैंक को बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित






ActPro Nepal

|

१४ पुष, २०७९

|
420

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

उक्त सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्काली काठमाण्डौंमा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७८/ ७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको ला) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल बैकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८र७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ । यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु.९७.२९ अर्व र कर्जा रकम रु. ८७.४५ अर्व परिचालन गरी रु.३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.