काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिनका लागि सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच पुस १७ गतेदेखी एकीकृत कारोबार शुरु हुने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशनको निर्देशन नम्बर(९२) बमोजिम लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका सेयर कारोबार रोक्का हुने भएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।