add

निफ्राको ५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन






ActPro Nepal

|

१४ पुष, २०७९

|
311

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले मंसिर २९ गतेदेखि विक्रीमा ल्याएको ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत (३० लाख कित्ता) कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बाँकी ४० प्रतिशत (२० लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत (१ लाख कित्ता) ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी रेटिङ दिएको छ । यसले बैंकको वित्तीय जोखिम बहन गर्नसक्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.