काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार ४५ दिन अवधिको रिपो जारी गर्न लागेको हो।
रिपो आज बिहीबार अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यो रिपो माघ २९ गते परिपक्व हुनेछ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले बोलकबोलमार्फत रिपो खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीवार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।