add

अर्थमन्त्रीले उद्योगीहरुको माग सम्बोधन गर्छु भनेपछि सडक आन्दोलन स्थगित






ActPro Nepal

|

१४ पुष, २०७९

|
531

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र आन्दोलरत उद्योगी–व्यवसायीहरूबीच छलफल भएको छ ।

सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले व्यवसायीहरूकाे माग सम्बोधन गर्ने आश्वासन  समस्या सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

उद्योगीहरु कर्जामा भएको अस्वभाविक ब्याज बृद्धि, पुनरकर्जालाई क्रमिता हुनु पर्ने, चालु आवको हाल तेस्रो किस्ताको साँवा र ब्याज भुक्तानीको भ्याद थप र चालू पूँजी कर्जा निर्देशिकाको स्थगत गर्नु पर्ने मागसहित आन्दोलनमा थिए । व्यवसायीहरुले एकल अंकको व्याजदर कायम गर्नुपर्ने, पुराना सीसीडी रेसियो कायम र चालु पूँजीनिर्दैशन खारेज गर्नुपर्ने माग राखेका छन् ।

उक्त पत्रकार सम्मेलनमा मोरङ ब्यापार संघका अध्यक्ष नबिन रिजाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा सुबोध गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीम न्यौपाने, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका लगायतका उद्योग व्यवसायीको उपस्थिति थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.