add

अजोड इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा पुस ३० गते, शेयरधनीहरूलाई लाभांश नदिने






ActPro Nepal

|

१२ पुष, २०७९

|
385

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा  पुस ३० गते गर्ने भएको छ । 

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ११३ औ बैठकले पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ । 

यस साधारणसभामा लाभांशको कुनै पनि प्रस्ताव गरिएको छैन । कम्पनीले अहिलेसम्म शेयरधनिहरूलाई कुनै पनि लाभांश दिन सकेको छैन ।

कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । यस अगाडीकै साधारणसभाबाट मर्जरको आवस्यक प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइसकेको हुँदा यस साधारणसभामा यस्तो कुनै पनि प्रस्ताव पेश गरिएको छैन ।

कम्पनीले प्रभु इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । यस भन्दा अगाडीको विशेष साधारणसभा मार्फत मर्जरका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने विषयमा शेयरधनीबाट स्वीकृति लिइसकेको छ भने सर्वसाधारण शेयर र संस्थापक शेयरधनीको शेयर संचना परिवर्तनको प्रस्ताव पनि पारित गरिसकेको छ । शेयर संचलना परिवर्तन हुने वित्तिकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि अर्को विशेष साधारणसभा आह्वान गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले आयोजना गरेको साधारणसभामा भाग लिन पाउने छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.