add

हेटौँडामा हात बाँधिएका बालक झुण्डिएको अवस्थामा फेला, दुई जना पक्राउ






ActPro Nepal

|

१२ पुष, २०७९

|
405

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा हाँत बाँधिएका एक १२ वर्षीय बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १२ वर्षीया बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । घटना हेटौँडा–१६, स्थित हटिया नजिक बाबेडाँडाको हो । मुस्कान भनिने सुजन थिङ नाम गरेका बालक स्थानीय सामुदायिक वनभित्र रुखमा हाँत बाँधिएको अवस्थामा झुण्डिएको फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बालकको हत्या भएको आशंकामा प्रहरीले सोधपुछका लागि स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीले दुई जनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको जानकारी दिए । ‘बालक झुण्डिको अवस्थामा फेला परेको हो । दुवै हात बाँधिएकोले हत्या भएको हुन सक्ने देखिएकोले अनुसन्धान गर्दैछौं । पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्छ,’ कार्कीले भने ।

घरबाट करिब २ सय मिटरको दुरीमा रहेको सामुदायिक वनको रुखमा कपडाको डोरीको पासो लगाई बालक झुण्डिएको खबर स्थानीयले प्रहरीलाई गराएका थिए । खबर आउना साथ प्रहरी घटना स्थल पुगेको र दुई जनालाई पक्राउ गरेर ल्याएको कार्कीले बताए । बालकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.