add

मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्दै लैजान्छु : अर्थमन्त्री






ActPro Nepal

|

१२ पुष, २०७९

|
398

काठमाडौं । नव नियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकट उन्मुख मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताएका छन । 

सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिएर चुनौतीको डिलमा रहेको अर्थतन्त्रको समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाएका हुन । 

चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको उनले औंलाए। अर्थमन्त्री पौडेलले  अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी समाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्तित नलिन आग्रह गरे । उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए। 

अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन। अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा उनले हस्ताक्षर गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.