आजको पञ्चाङ्ग
काठमाडौ । २०७९ पुस ९ गते, शनिवार, २४ डिसेम्बर २०२२। पौष शुक्लपक्ष प्रतिपदा तिथि, १४ः०५ बजेदेखि द्वितीया। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि– धनु।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चिन्ता हटेर मन हलुका हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरायसी मनोरञ्जन हुनेछ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कहीँकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।
मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।