add

सत्ता समीकरणका लागि तीन नेताकाे दाैडधुप, प्रधानमन्त्रीकाे दाैडमा काे अगाडि ?






ActPro Nepal

|

८ पुष, २०७९

|
461

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बहुमत सांसदहरुबाट प्रधानमन्त्रीको दाबी गर्न दिएको एक हप्ताको समय सकिनै लाग्दा दलहरु आफ्नो पक्षमा बहुमतको समिकरण बनाउ दाैडधुप गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)का शीर्ष नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेका छन् भने प्रतिपक्षमा रहेको नेकपा (एमाले) गठबन्धन टुटाउने मेसोको खोजीमा रहेको छ ।

संसदीय दलमा भारी मतले विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर आफैं प्रधानमन्त्री हुने दाउमा रहेका छन् भने आन्तरिक पार्टीमा सर्वसम्मत संसदीय दलको नेता चुनिएका प्रचण्ड आफू प्रधानमन्त्री हुने दाउमा रहेका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडको छलफलमा जुटेका छन् । तर दाबी पेश गर्ने दिन आउनै लाग्दासमेत प्रधानमन्त्री को हुने भन्ने सहमति हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.