add

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर






ActPro Nepal

|

७ पुष, २०७९

|
529

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि. का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरे ।

समझदारीअनुसार ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका किसानलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै दुग्ध व्यवसायको माध्यमबाट किसानलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई ग्राहकलाई लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.