add

टाटा मोटर्सका ‘इलेक्ट्रिक भेहिक’ किन्दा प्रभु बैंकले कर्जा दिने






ActPro Nepal

|

६ पुष, २०७९

|
444

काठमाडाैं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदीबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.