add

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

६ पुष, २०७९

|
250

काठमाडौं । शेयर बजार झिनो अंकको घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ५.८९ अंकले घटेर १८७३.११ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५२ कम्पनीको ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये बैंकिङ समूह बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

झिनो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला, र सिर्जनशिल लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ । इष्र्टन हाइडोको शेयर मूल्य ९८५ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर कारोबार भएको छ । यसको आज ११ करोड ८२ लाख भन्दा बढीको कारोबार भएको छ ।

नबिल बैंकको ३ करोड ९५ लाख र शिवम् सिमेन्ट ३ करोड ८५ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.