add

निती शाह बनिन् स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ ब्रान्ड एम्बासडर






ActPro Nepal

|

४ पुष, २०७९

|
384

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भनिन्, “ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।”

त्यस्तै गरी रियलमीकि नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले भनिन्, “रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्रान्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ ।”


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.