add

सेयर धनिलाई १० प्रतिशत बोनस दिने निर्णय गर्दै सानिमा बैंककाे १८ औं वार्षिक साधारण सभा सम्पन्न






ActPro Nepal

|

४ पुष, २०७९

|
279

काठमाण्डौ । सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा बैंकले निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.