add

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि, फ्रान्स स्तब्ध






ActPro Nepal

|

४ पुष, २०७९

|
344

काठमाडाैं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले 'ह्याट्रिक' गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपकाे उपाधि जितेकाे हाे। यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेकाे थियाे । त्यसअघि सन् १९७८ मा उपाधि जितेकाे थियाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.