काठमाडौं । पर्यटन व्यवसायी हरिभक्त पराजुली साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा चयन भएका छन् ।
शुक्रवार राति विराटनगरमा भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने जिकिर गरेका थिए ।
उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।