add

मधेशका जिल्लाहरूमा जाडाे र शितलहर, जनजीवन प्रभावित






ActPro Nepal

|

१ पुष, २०७९

|
467

मधेश । महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार/पाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् ।

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा  न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ । 

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा सतिशकुमार साहले बताउनुभयो । दशक नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् । 

जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका-८ का किसान आशनारायण मण्डलले बताउनुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.