add

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा






ActPro Nepal

|

२९ मंसिर, २०७९

|
280

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन गरेपछि कोचमाथि दवाव बढेको थियो ।

नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक प्रभाकरबीच छलफल भइरहेका बेला प्रभाकर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

नयाँ दिल्लीबाटै क्यानलाई राजीनामा पठाएका हुन् । तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले छाडेपछिसाउन २३ गते क्यानले प्रभाकरलाई १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

तर यसबीचमा नेपाली टिमको प्रदर्शन खस्कदै गएपछि उनलाई बर्खास्त गर्ने तयारी क्यानले गरिरहेका बेला प्रभारकले नै राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग टू खेलिरहेको छ । एक दिवसीय वरियताका लागि पनि महत्वपूर्ण यो प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर बन्दै जाँदा एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ ।

क्यानले अब चाँडै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.