add

भाइबरको नयाँ फुटबल टक्स सेग्मेण्टले किरन चेम्जोङ र अभिनभ जोशीलाई फिचर गर्दै






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
577

काठमाडौं । आफ्नो आधिकारिक फुटबल उत्सव च्यानलमा फुटबल टकको अर्को इन्सटलमेण्टका लागि स्टार फुटबल खेलाडी, किरण चेम्जोङ र स्पोर्ट कमेन्टेटर, अभिनव जोशीलाई एकसाथ ल्याई राकुटेन भाइबरले आफ्ना नेपाली प्रयोगकर्ताहरूको फुटबल क्रेजलाई नयाँ उचाई दिएकाे छ।

निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले आफ्नो आधिकारिक च्यानल फुटबल उत्सवमा हुने फुटबल टक्सका लागि विख्यात नेपाली फुटबल खेलाडी, किरन चेम्जोङ र स्पोर्ट्स कमेन्टेटर, अभिनभ जोशीसँग साझेदारी गरेको छ । यसै वर्ष सार्वजनिक गरिएको फुटबल च्यानल फुटबलबारे यस्तो केन्द्रस्थल हो, जहाँ नेपाली फुटबल प्रेमीहरूले खेलहरूमा संलग्न हुन, अन्य फुटबल प्रेमीहरूसँग अन्तरक्रिया गर्न, र प्रोफेसनल फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरहरूको प्रतिक्रियाहरू हेर्न सक्ने छन्।

च्यानलका सदस्यहरूले एआर लेन्स, फुटबल- आधारित स्टिकर र गेमको रोमाञ्चकतालाई अझ मसालेदार बनाउन च्याटबटहरूको मज्जा लिन सक्नेछन् । चेम्जोङ र जोशीले, विशेषगरी हुन लागेको फुटबल गेमहरूको बारेमा आफ्ना राय र विचारहरू प्रस्तुत गर्नेछन् । यस्तै, चेम्जोङले फुटबलबारे च्यानलमार्फत् सोधिएको र राखिएको जिज्ञासा र प्रश्नहरूको प्रतिकृया दिनेछन् ।

भाइबर प्रयोगकर्ताहरूका लागि आकर्षक पुरस्कारहरूको पनि व्यवस्था मिलाइएको छ, जसअन्तर्गत, भाग्यशाली फ्यानहरूले चेम्जोङलाई भेट्न र स्टार खेलाडी अनिल गुरुङसँग फुटसल म्याच खेल्ने अवसर पनि प्राप्त गर्नेछन् । यसबारे थप जानकारी च्यानलमा सार्वजनिक गरिनेछ। प्रयोगकर्ताहरूले फुटबल टकको नयाँ एपिसोडहरू डिसेम्बर १५ र १७ गते नेपाली समय दिउसोको २ बजे हेर्न सक्नेछन् ।

नेपालमा फुटबल कम्यूनिटीलाई आफ्नो समर्थन जनाउन भइबरले सदैव केही न केही गर्दै आइरहेको छ । यस नयाँ अभियानसँगै पहिलेबाट भइरहेको बटमा प्रेडिक्ट एण्ड वीन नामक अभियान जसअन्तर्गत शीर्ष मेम्बरहरूले साप्ताहिक पुरस्कार जित्नका साथै म्याचबारे सही प्रेडिक्सन गरी नवीन डिस्ट्रीब्यूटरमार्फत् हाइसेन्सको टिभी जित्ने मौका पाउन सक्नेछन् ।

फुटबलप्रति नेपाली फुटबल फ्यानहरूको झुकावलाई सम्बोधन र हौसला प्रदान गर्नका निम्ति एपले लिएको यो अर्को जिवन्त उदाहरण हो । आफूलाई मनपर्ने फुटबल खेलाडीहरूसँग रुबरु हुने प्रबन्ध यो भन्दा अगाडि कहिल्यै मिलाइएको थिएन । फुटबल उत्सव च्यानलको फुटबल टक्स सेगमेण्टमा किरन चेम्जोङ र अभिनभ जोशीसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुशी छौँ ।

फुटबलप्रतिको उत्साह च्यानलमा यस्तो उत्कर्षमा पुगेको बेला, जहाँ उहाँहरूसँग व्यक्तिगत स्तरमा अन्तरक्रिया गर्न मिल्ने गरी उहाँहरूलाई पाएर फ्यानहरूमा थप जोश थपिनेमा हामी पूर्ण विश्वस्त छौँ र फ्यानहरूका निम्ति हामीले थप आकर्षक अवसर र उपहारहरूको पनि व्यवस्था मिलाएको छौँ जसले हामीलाई पनि उत्साहित बनाएको छ ।” फुटबल टक्स सेगमेण्टका बारे बोल्दै, राकुटेन भाइबरका लागि सिनियर डाइरेक्टर, डेभिड चेले बताए ।

यस्तै फ्यानहरूले अन्य फुटबल प्रेमीहरूसँग अन्तरक्रिया गर्न, म्याचबारे अपडेटहरू लिन, फुटबल टक्स सेगमेण्टजस्तै अन्य विशेष सामाग्रीहरू नियमित रूपमा पाउन, डिसेम्बर १८ सम्म हुने प्रेडिक्ट एण्ड वीनमा बटमार्फत् जोइन हुन र अन्य आकर्षक गतिविधिहरू नछुटाउनका निम्ति फुटबल उत्सव च्यानलमा जोइन हुन सक्नेछन् । आफ्नो साथीभाइ, परिवारका सदस्यहरूलाई मेसेज गरिरहेको बेला आफूमा भएका उत्साह व्यक्त गर्न फ्यानहरू तथा प्रयोगकर्ताहरूले नयाँ लेन्सहरू जस्तैः फुटबल च्यालेन्ज, चियरीङ गोल्स र फुटबल एलिमेन्टस् वा सदाबहार ग्लोबल र लोकल स्टिकर प्याकहरू पनि प्रयोग गर्न सक्नेछन् ।

राकुटेन भाइबरको बारेमाः

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि

हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.