add

कतार विश्वकप सेमिफाइनल खेल आजबाट






ActPro Nepal

|

२७ मंसिर, २०७९

|
489

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज मंगलबारबाट सुरु हुँदैछ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

दोहाको लुसेल रंगशालामा पहिलो सेमिफाइनल खेल हुनेछ। अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन्।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ। अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ। क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.