add

निफ्रा र आईएफसीले गरे परियोजना विकासका लागि समझदारी पत्रमा हस्ताक्षर






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
450

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरू विकास गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

निफ्रामा आयोजित एक कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र आईएफसीका एशिया प्यासिफिक पीपीपी ट्रान्जेक्शन एडभाइजरी सर्भिसेजका प्रबन्धक थोमस लुबेकले आ–आफ्नो निकायको तर्फबाट एमओयूमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार निफ्रा र आईएफसीले देशको पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरूको खाडललाई पुरेर पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तीव्र बनाउन सहकार्य गर्नेछन्। साथै सार्वजनिक र निजी क्षेत्रको क्षमता अभिवृद्धिको अतिरिक्त पहिचान गरिएका आयोजनाहरूको प्रारम्भिक मूल्याङ्कन र परियोजना विशिष्ट संरचना र बोलपत्रमा समेत सहयोग गर्नेछ ।

साे अवसरमा निफ्राका प्रमुख कार्यकारी अधिकृत खतिवडाले भने- "निफ्रा र आइएफसीबीच भएको समझदारीले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन एउटा ठूलो कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ । निफ्रा र आईएफसीको सहकार्यले देशका प्रमुख पूर्वाधार परियोजनाहरू पहिचान र विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।"

साथै प्रबन्धक लुबेकले भने- "नेपालको निजी क्षेत्रसँग आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना छ।" उनले यो साझेदारीले निफ्राको स्थानीय उपस्थितिसँग लेनदेन संरचनामा आईएफसीको विश्वव्यापी विशेषज्ञतालाई मर्ज गर्ने पनि बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.