काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।
कम्पनीने मंसिर २० गते प्रतिकित्ता ११६ रुपैयाँका दरले १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १६ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । प्रिमियम मूल्य थप गरी कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको आईपीओ निष्कासन गर्ने बताइएको छ ।
उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।