add

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
487

काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो ।

विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो ।

एक महिनामै कच्चा तेलको भाउ प्रतिब्यारेल १८ डलरसम्म घटेको छ। गत नोभेम्बर ७ मा प्रतिब्यारेल ९७ डलरमा पुगेको ब्रेन्ट क्रुड आयलको मूल्य आज (डिसेम्बर ७) ७९ डलरमा झरेको छ । एक महिनामा ब्रेन्ट क्रुड आयलको मूल्य १८.५५ प्रतिशतले घटेको हो ।यो पछिल्लो ११ महिना यताकै कम हो ।

यसैगरी, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ १८.६८ प्रतिशत अर्थात् १७ डलर घटेको छ । एक महिना अघि प्रतिब्यारेल ९१ डलर रहेको डब्ल्यूटीआइको भाउ बुधबार प्रतिब्यारल ७४ डलरमा कारोबार भइरहेको छ।

यस्तै, विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयल पनि एक महिनामा झन्डै २० प्रतिशतले घटेको छ । गत महिना ९८ डलर रहेको ब्रेन्ट क्रुडको भाउ आज ७९ डलर रहेको छ ।

गत फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरु भएसँगै आकाशिएर प्रतिब्यारेल १३९ डलरसम्म पुगेको कच्चा तेलको भाउ मेदेखि ओरालो लागेको थियो । गत साता मात्रै ईयूले रुसी कच्चा तेलको भाउ प्रतिब्यारेल ६० डलर तोकेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको प्रभाव पर्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई पनि प्रत्यक्ष फाइदा हुन्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ घट्दा भारतमा पनि घट्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

विश्व बजारमा तेलको भाउ घटेसँगै भारतीय आयल निगमले पनि पछिल्लो समय लगातार भाउ घटाएर पठाउँदै आएको छ । गत आर्थिक वर्षमा आधा खर्ब बढी घाटा व्यहोरेको नेपाल आयल नियम तेलको भाउ घटेसँगै भदौ यता नाफामा जान थालेको छ ।

यद्यपि, भदौदेखि नाफामा जान थाले पनि निगमले भाउ भने घटाएको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.