add

बेल्जियन कप्तान हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
358

काठमाडौं । बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

सन् २००८ मा बेल्जियमको राष्ट्रिय टिमबाट डेब्यू गरेका हाजार्डले सन् २०१८ र २०२२ विश्वकपमा कप्तानी गरेका थिए। हाजार्डकै कप्तानीमा बेल्जिय पहिलो पटक विश्वकपमा चार वर्षअघि तेस्रो भएको थियो।

लियोल र चेल्सीका पूर्व खेलाडी हाजार्ड हाल स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। हाजार्डकै कप्तानीमा कतारमा जारी विश्वकप खेलेको बेल्जियम समूह चरण पार गर्न असफल भएको थियो।

हाजार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्।

‘आज एक पाना पल्टिनेछ, अविश्वसनीय समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद्। सन् २००८ देखि मैले खुशी साट्ने मौका पाएँ, मैले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट् मार्ने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्, म सबैलाई सम्झिरहने छु,’ बेल्जियमको गोल्डेन जेनेरेसनका कप्तान हाजार्डले भनेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.