काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ । बिजनेस, रणनीति, योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनाल रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभारसमेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको छ । सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स्समेत डिजिटल रुपमा भित्र्याई मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ ।
कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सिए सागर खनालको आगमन पछि कम्पनीका सेवा सुविधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्तासम्म पुर्याई आगामी दिनमा अझैँ उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरूसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ । यस रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।