add

१४ वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
364

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २६ वटा बैंकमध्ये हालसम्म १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्।

बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेको छ भने बाँकी १२ वाणिज्य बैङ्कहरूले अझै पनि लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ । 

हालसम्म एनसीसी बैङ्क, सेञ्चुरी कमर्सियल बैङ्क, कुमारी बैङ्क, मेगा बैङ्क, नेपाल एसबिआई बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैङ्क, सिटिजन बैङ्क, एभरेष्ट बैङ्क, प्रभु बैङ्क, सानिमा बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, ग्लोबल आइएमई बैङ्क र एनएमबि बैङ्कले लाभांश प्रस्ताव गरिसकेका छन् । 

नबिल बैङ्क, एनआइसी एशिया बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्क, हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, प्राइम कमर्सियल बैङ्क, सिभिल बैङ्क, लक्ष्मी बैङ्क र सनराइज बैङ्कले भने गत आवको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ ।

नेपाल राष्ट्र बैङ्कको एकिकृत निर्देशनअुनसार बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लाभांश घोषणा गरिसक्नुपर्ने हुन्छ । निर्देशनबमोजिम वाणिज्य बैङ्कहरूले लाभांश घोषणा गर्न ढिलो भइसकेको छ । हालसम्म घोषणा गरिएको लाभांशमा बैङ्कहरूले बोनसमाभन्दा नगद लाभांशमा बढी जोड दिएको देखिन्छ । 

१४ ओटा वाणिज्य बैङ्कमध्ये सबैभन्दा धेरै लाभांश बैङ्क अफ काठमाण्डूको छ । बैङ्कले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सेञ्चुरी कमर्सियल बैङ्कले ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कुन बैङ्कको कति ?

गत आवको नाफाबाट एभरेष्ट बैङ्क लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैङ्क सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैङ्कले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।

यस्तैगरी, सानिमा बैङ्कले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैङ्कले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैङ्क अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कुमारी बैङ्कले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैङ्कले नौ प्रतिशत र नेपाल एसबिआई बैङ्कले तीन प्रतिशत बोनस सेयर र सात दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

प्रभु बैङ्क लिमिटेडले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ६. दशमलव ५० प्रतिशत बोनस सेयर र १ दशमलव ५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने मेगा बैङ्कले चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ तीन दशमलव ८३ प्रतिशत नगद गरी कुल ७ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडले भने ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। 

एनएमबी बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ भने सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएर बैङ्कको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरूले प्राप्त गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.