add

एक महिनामा थपियो ११ अर्ब ५४ करोड निक्षेप, सीडी रेसियो ८६.७६ प्रतिशत






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
407

काठमाडौं । वाणिज्य बैंकहरुमा एक सातामा ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ ।

गत मंसीर ९ गतेसम्म वाणिज्य बैङ्कहरूमा ४५ खर्ब ६१ अर्ब ५७ करोड रुपैयाँ निक्षेप जम्मा भएको थियो । त्यस्तै, कात्तिक मसान्तमा ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ रहेकोमा सो को तुलनामा मंसीर १६ गतेसम्म ९ अर्ब ७७ करोड रुपैयाँ बढेको हो । 

निक्षेप बढे पनि बैङ्कहरूले सो तुलनामा कर्जा लगानी भने बढाएका छैनन् । मंसीर १६ गतेसम्म बाणिज्य बैङ्कहरूले ४२ खर्ब २२ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

मंसीर ९ गतेसम्म बैङ्कहरूले ४२ खर्ब २१ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा एक अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

मंसीर १६ गतेसम्म कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८६.८६ प्रतिशतबाट ८६।७६ प्रतिशत कायम रहेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.