add

क्वाटरफाइनल समीकरण पूरा, ब्राजिल र अर्जेन्टिनासहित अन्तिम आठमा प्रवेश






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
523

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि-क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.