add

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा






ActPro Nepal

|

२० मंसिर, २०७९

|
376

काठमाडौं । अर्थतन्त्र सङ्कटमा भएको बेला नै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।  

आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

२०७९ सालको वैशाखदेखि आयात प्रतिबन्ध लगाएको सरकारले सूचीलाई खुकुलो बनाउँदै आएको थियो। 

सुरुमा धेरै वस्तुको आयातमा प्रतिबन्ध लगाएपनि अन्तिमसम्म चार वस्तुको आयात रोकिएको थियो। सरकारले अन्तिमसम्म १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल, डिजेल पेट्रोलबाट चल्ने कारको आयातमा प्रतिबन्ध लगाएको थियो। 

त्यस्तै तीन सय अमेरिकी डलरभन्दा महँगो मूल्यका मोबाइल र मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो। अहिले लागेका सबै प्रकारका वस्तुको आयात प्रतिबन्ध फुकुवा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। 'अर्काे निर्णय नभएसम्मका लागि सहज आयात गर्न पाउने छन्, मन्त्री बडूले भने, 'विगतमा केही समस्या आएपछि राेकिएकाे अहिले परिस्थिति सहज बन्दै गएकाेले फुकुवा गरियाे।'

आयात प्रतिबन्ध निरन्तर भएपछि एकातिर सरकारी राजस्वमा गिरावट आइरहेको छ भने अर्कोतिर व्यवसायी पनि थला परेका छन्। व्यवसाय सुकेपछि टाट पल्टिने अवस्था आएको भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन घोषणा गरेर सडकमै उत्रिएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.