add

समानुपातिकको गणना आज सकिँदै, कसले कति मत पाए ?






ActPro Nepal

|

२० मंसिर, २०७९

|
846

काठमाडौं  । समानुपातिकतर्फको मतगणना आज सकिने भएको छ। निर्वाचन आयोगका  अनुसार आज दिउँसोसम्म समानुपातितर्फको सबै मतगणना सकिनेछ।  

अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मत गनिसकिएको छ। निर्वाचन आयोगले बाँकी रहेका समानुपातिकतर्फ मत गनेर आज सक्ने जनाएको छ।

आज विहानसम्म अद्यावधिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख मत कटाएको छ। १ करोड ४ लाख ७८ हजार सदर मत गणना हुँदा एमालेले २८ लाख १४ हजार मत प्राप्त गरेको हो। 

नेपाली कांग्रेसले २६ लाख ८८ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीले भने २ लाख ९६ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नका लागि कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ। अहिलेकै सदर मत अनुसार पनि थ्रेस होल्ड पार गर्न ३ लाख १४ हजार ३ सय ६२ मत ल्याउनुपर्छ।

तर एकीकृत समाजवादीले पाएको मत थ्रेस होल्ड पार गर्न चाहिनेभन्दा १८ हजार कम हो। यसपटक पुराना दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि थ्रेस होल्ड पार गरी राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.