add

ऋग्वेददेखि बाइबलसम्म अध्ययनबारे के भनिएको छ ? यस्तो छ विश्वका दार्शनिकहरुको भनाई






ActPro Nepal

|

१९ मंसिर, २०७९

|
498

काठमाडौं । बदलिदो समाज र फेरिदो जिवनशैलीका कारण मानिसहरुमा अध्ययनको रुचि घट्दो छ । आधुनिक टेक्नोलोजीका साधनहरुको प्रयोगले पनि रुचिसँगै बानीमा बदलाव आएको छ । 

मोवाइल, ल्यापटप, जस्ता प्रविधिका ग्याजेटहरुले अध्ययन गर्ने मानिसको बानीलाई आज आकाश पाताल फरक पारेको छ ।

हिजो बुकलेट पुस्तक समाएर बस्ने बानी मोवाइल चलाएर खेर गइरहेको छ । यद्यपि अनावश्यक विषयहरु हेर्दै खोज्दैमा समय बर्बादा पारेको युवा पुस्ताले अध्ययन के हो ? भन्ने ज्ञान पनि पाउन सकेको देखिदैन ।  

विभिन्न विद्वानहरूबाट सिकाइको विभिन्न परिभाषा र सिद्धान्त हरु फरक छन् त्यसको विकास पनि फरक फरक छ । सङ्गठित सिकाइ बिना अबको समाजमा मानिसले आफ्ना जीवनका सम्भावनाहरुको अधिकतम उपयोग गर्न सक्दैनन् ।  

ऋग्वेदमै पनि अध्ययन बारे भनिएको छ, ‘अध्ययनमा पार पाएर पनि पटकपटक अभ्यास गर्दै रहनुपर्छ ।’  त्यस्तै, बाइबलले  अधिक अध्ययन पनि शरीरको थकाओट भनेको छ । यसैले अध्ययन गर्दा समय स्थिति र आवश्यकता हेरि गर्नुपर्ने हुन्छ । 

हाम्रो नेपाली उखान नै छ मानिस पढेर भन्दा परेर जानिन्छ । 

यो उखानको तात्पर्य कार्य गर्नु पनि एक अध्ययन नै हो ।  ‘पढ्न सबैले जान्दछन् तर के पढ्नुपर्दछ भनेर कोही पनि जान्दैनन्’ जर्ज बनार्ड शाले भनेको उक्त आज पनि उत्तिकै उत्कृष्ट मननिय छ । 

आओत्सेतुङले एक समय भनेका थिए, अध्यायन गर्नु राम्रो कुरा हो तर अध्यायन जागिर खान र ओहोदा वा पदवी पाउनको लागि नभएर जनताको सेवा गर्न, मिहिनेती र योग्य हुनका लागि हुनुपर्छ ।

पढ्नुस् विश्वका उत्कृष्ट विद्वानहरुले अध्ययन बारे दिइएका परिभाषा केके छन् । 

१.अध्यायन गर्नु राम्रो कुरा हो तर अध्यायन जागिर खान र ओहोदा वा पदवी पाउनको लागि नभएर जनताको सेवा गर्न, मिहिनेती र योग्य हुनका लागि हुनुपर्छ । –माओत्सेतुङ

२. पढेरभन्दा परेर जानिन्छ । – प्रसिद्ध नेपाली उखान

३. मानिसले जहिले पनि अध्ययन कर्ममा लागिरहनुपर्छ । – मनुस्मृति

४. अध्ययनमा पार पाएर पनि पटकपटक अभ्यास गर्दै रहनुपर्छ । – ऋग्वेद

५.  अधिक अध्ययन पनि शरीरको थकाओट हो । – बाइबल 

६. अध्ययनले हामीलाई आनन्द प्रदान गर्दछ, अलङ्कृत गर्दछ र योग्यता प्रदान गर्दछ । – फ्रान्सिस बेकन

७. पढ्न सबैले जान्दछन् तर के पढ्नुपर्दछ भनेर कोही पनि जान्दैनन् । – जर्ज बनार्ड शा

८. अध्ययनभन्दा सस्तो अरु कुनै मनोरन्जन छैन, नत त्यसको खुसीजस्तो कुनै खुसी स्थायी हुन्छ । – मन्टेस्क्यू 

९. अध्ययनप्रति प्रेम, जीवनमा आउने विषाद र क्लान्तीको क्षणहरुलाई आनन्द र प्रशन्नताको क्ष्नणहरुमा 

१०. परिवर्तित गर्ने क्षमता प्रदान गर्दछ । – मन्टेस्की

११. जति धेरै हामी अध्ययन गर्दछौँ, उति नै धेरै ज्ञान आउदछ र जति धेरै हामी तपस्या गर्दछौँ, त्यति नै हामी कति अल्पज्ञ।नी छैँ भन्ने ज्ञान हुँदै जान्छ । – भोल्तेयर

१२. मष्तिस्कको लागि अध्ययनको त्यति नै आवश्यकता हुन्छ, जति शरीरलाई व्यायामको । – जोसेफ एडिसन

१३. अध्ययन आकाशमा चम्कने सूर्यजस्तै हो । – विलियम शेक्सपियर

१४. चलाखीपूर्वक सरसर्ती दृष्टि लगाउँनु नै अध्ययनको कला हो । – हेमर्टन

१५. अध्ययनसम्बन्धी तीन नियमहरु पालना गर्नु उपयुक्त हुन्छ ः–एक वर्ष पनि पुरानो नभएको पस्तक पढ्ने, प्रसिद्धी नपाएको र आफ्नो रुचिको विषयबाहेक अन्य पुस्तक नपढ्ने । – हेनरी इमर्शन

१६. तीन वर्षसम्म लागातार अध्ययन गरेर आफ्नो आचारविचारमा केही सुधार ल्याउन नसक्ने मानिस पाउन गाह्रो हुन्छ । – कन्फ्यूसियस

१७. अध्ययन गर्दा ‘म कहिलयै मर्दिन भन्ने भावना राख । व्यवहार गर्दा म भोली मर्छु भन्ने सम्भ । – आइसिडोर आवसीभाइल

१८. ‘अध्ययन’ आकाशमा चम्कने सूर्य जस्तै हो, जो कि केवल माथि–माथि हेरेर झल्याक–झुलुक च्याउनाले मात्र बुझन् र त्यसको रहस्य खोज गर्न सकिन्छ । – विलियम शेक्सपियर

१९. ती मानिस जो अध्ययन गर्दैनन्, केवल मानिसले लगाउने लुगा लगाएका पशु हुन् । – चिनियँ उखान

२०.अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउछ, । छलफलले उसमा तत्परता ल्याउछ, र लेखाईले ठीक जस्तो हुनुपर्छ, त्यस्तै बनाउछ । – फ्रान्सिस बेकन

२१. जस्तै सधेँ खाइरहनाले मानिस शारीरिक दृष्टिले हृष्टपुष्ट हुन्छ, त्यस्तै निरन्तर अध्ययन गर्नाले मानिस ज्ञानी हुन्छ । – जेरमी कोलियर


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.