add

धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
507

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष ईश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा ईश्वरलालराज भण्डारी रहने छन्।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

त्यस्तै, सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.