add

अर्थतन्त्र जोगाउन महासंघको आह्वान,अर्थमन्त्रीलाई दियो नौ बुँदे सुझाव






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
424

काठमाडौं  । देशको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै उद्योगी व्यवसायीहरूले अर्थतन्त्र जोगाउन उपयुक्त कदम चाल्न सरकारको ध्यानकर्षण गराएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्माललाई भेटेर तत्काल उपयुक्‍त कदम चाल्न आग्रह गरेको हो ।

महासंघले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै उपयुक्त निर्णय लिन अर्थमन्त्रीलाई आग्रह गरेको छ ।महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजीक्षेत्र संकुचित हुँदै गएको बताए । 

अर्थतन्त्र जोगाउन के गर्ने ? यस्ता छन् महासंघका आठ बुँदे सुझाव

-पुस मसान्तमा पुनर्कर्जाबाफतको करिब ५० अर्ब रुपैयाँ बैंक वित्तीय संस्थाबाट फिर्ती जाने बैंकहरूको भनाइ छ । यसले उद्यमीलाई समस्या त हुने नै छ, बजारमा तरलता अभावलाई थप गहिर्‍याउनेछ । त्यसैले कम्तीमा एक वर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिनुपर्छ ।

- अनिवार्य नगद अनुपात (सीआरआर) लाई एक प्रतिशत बिन्दुले कम गर्नुपर्छ । नीतिगत दर घटाउनुपर्नेछ ।

- सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनको उपाय अवलम्बन गरिनुपर्छ ।

- स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सतप्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थ मन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ ।

-वैदेशिक लगानी आकर्षित गर्न बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाएर विदेशी लगानी बढाउन पहल गर्नुपर्छ ।

-सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको कन्ट्री रेटिङ तत्काल गरिनुपर्ने । अन्तर्राष्ट्रिय रकम भित्र्याउन बोन्डलगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ ।

-निजीक्षेत्र तथा बैंकहरूले विदेशबाट ऋण लिन (एक्स्टनल कर्मसियल ब्रोइङ ) का लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ ।

-सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाएर तत्काल लागू गरिनुपर्नेछ ।

उद्योगीसँगको भेटमा अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मक रूपमा लिएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.