add

भागवत गीता पढ्नुभयो ? जीवनमा विर्सनै नहुने यी हुन् मुख्य सार






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
945

काठमाडौं ।  श्रीमद्भगवद्गीता गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक उत्कृष्ट हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक ग्रन्थ हो । १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

भगवतगीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् ।

यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ ।

यस्तै, प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ ।

हेर्नुस् उत्कृष्ट बाणीहरु

१. मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।

२. मनुष्य आफ्नो विस्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो विस्वास गर्दछ, उस्तै बन्दछ ।

३. नरकका तीनद्वार छ : क्रोध वासना र लोभ ।

४. हरेक व्यक्रि जे ऊ चाहान्छ सो पाउन सक्छ , यदि ऊ विस्वासको साथ इच्छित बस्तुमाथि लगातार चिन्तन गर्छ भने ।

५. कर्मले मलाई बाँध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।

६. तिनीहरुले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्तछ , जसले कार्यमा आनन्द भेट्दछ । ७. ७. केवल मन मात्र कसैको मित्रु वा शत्रु हुन्छ ।

८. शंका गर्ने व्यक्तिको लागि नत यस संसारमा न बाहिर नै शान्ति छ ।

९. क्रोशद्वारा भ्रम पैदा हुन्छ ।भ्रमदवारा बुद्धि भ्रष्ट भए नष्ट हुन्छ ।जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

१०. यस संसारमा नत केही हाउँछ नै न त व्यर्थ नै हुन्छ ।


भागवत गीता पढ्नुभयो ? जीवनमा विर्सनै नहुने यी हुन् मूख्य सार

अझै थप उत्कृष्ट १८ भनाइहरु

१.मोह या सुख शान्तिको अधीनमा नपर्नु ।

२.शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।

३.निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।

४.तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।

५.सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।

६.अन्तस्करणमा समता राख्नु ।

७.सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।

८.सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।

९.सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।

१०.विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।

११.यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु।

१२.शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।

१३.संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।

१४.सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।

१५.एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।

१६.जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।

१७. जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।

१८–.भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.