add

समानुपातिक ‘अपडेट’ : ‘घण्टी’ ले कटायो ११ लाख २३ हजार मत , समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत






ActPro Nepal

|

१७ मंसिर, २०७९

|
1154

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४ लाख १५ हजार ३६० मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

शनिवार बेलुका ५ : ५५  बजेसम्मको गणना अनुसार एमाले २७ लाख ८६ हजार २५७ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २६ लाख ५८ हजार ७५८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ९९२ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ९०२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ४८५ मत पाएको छ । यस्तै जसपाले ४ लाख २० हजार ९४४ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ९४ हजार ५०२ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले २ लाख ९४ हजार २४३ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५९, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २८०, नेपाल मजदूर किसान पार्टीले ७५ हजार ५४ मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.