add

माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू






ActPro Nepal

|

१७ मंसिर, २०७९

|
616

काठमाडौं । माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ ।

आइसिटी अवार्डसँगको सहकार्यमा शुक्रबार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो ।

शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रोसफ्टले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पु¥याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरे ।

त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । उक्त कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आवद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए ।

त्यस्तै कार्यक्रममा माइक्रोसफ्ट एजुरे बारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गरेका थिए । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए ।

कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आईडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् ।

स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ, सिमाबिहिन र महत्वकांक्षी परियोजना हो । यसले स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्ने गर्ने छ ।

फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिङ्कडीन क्रेडिट लगायतको सुविधा पाइने छ ।

यसका साथै फाउन्डर्स हबमा आवद्ध भएका आईडियाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव समेत पाउने मानन्धरले जानकारी दिएका छन । फाउन्डर्स हब कार्यक्रममा आवद्ध हुन सफ्वेयरमा आधारित प्रडक्ट तथा सेवा हुनुपर्ने, प्राइभेट हुनुपर्ने र प्रफिट बिजनेस हुनुपर्नेछ ।

शैक्षिक संस्था, सरकारी इन्टिटी, व्यक्तिगत ब्लग, डेभसप, कन्सल्टेन्सी, एजेन्सी, बिटक्वाइन वा क्रिप्टो माइनिङ कम्पनी यस कार्यक्रममा सहभागी हुन पाउने छैनन् । यसअघि माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा आवद्ध नभएका स्टार्टअप सहभागी हुन सक्ने छन् ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जिनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआर कार्यक्रममा माइक्रोसफ्टले इकोसिस्टम पार्टनरको रुपमा सहकार्य गरेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले २३ डिसेम्बर २०२२ मा द सोल्टी काठमाडौंमा आयोजना भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । माइक्रोसफ्टसँगको सहकार्यले नेपालको स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण सहयोग पुग्ने उनको भनाई छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.